नरिवलको तेलबाट यसरी आफूलाई सुन्दर बनाउँनुहोस्

माघ १८ । नरिवल एउटा स्वादिष्ट फल हाे । याे खानुमा जती मिठाे हुन्छ त्यसकाे प्रयाेगबाट त्यती नै हाम्राे साैन्दर्यमा पनी निखार ल्याइदिन्छ । सौन्दर्यको  मामलामा पनि नरिवल अमृत समान रहेकाे छ । यसकाे सहि प्रयोगले हाम्राे छालालाई अझ् सुन्दर बनाउँन सहयाेग गर्दछ ।  नरिवलको तेलको प्रयोगबाट हामी कसरी सुन्दर हुन सक्छाैँ केहि  टिप्स तल  दिएका छाैँ ।  

 

कपालको लागि अमृत बुटीः  

null

नियमित रुपमा कपालमा नरिवलको तेलको प्रयोग गर्नाले यसले कपालको सुन्दरता बढाउन मद्दत गर्दछ । नरिवलको तेलले कपाललाई हानिकारक किरणहरुबाट बचाउँछ र यसलाई नरम र सिल्कि बनाउने काम गर्दछ । कपाललाई धुलो र प्रदुषणबाट बचाउँछ । यसले तपाईंको कपाललाई प्रोटिन दिने गर्दछ र यसलाई बलियो, चम्किलो र स्वस्थ बनाउन मद्दत गर्दछ । कपालको हाँगा फाटेकोमा पनि यसले चामत्कारिक रुपमा असर गर्दछ । 

प्राइमरको रुपमा प्रयोगः  

जब तपाईं बाहिर निस्कँदै हुनुहुन्छ र अनुहारमा फाउन्डेसनको प्रयोग गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिले नरिवलको तेल लगाउनुहोस् । हातमा एक दुई थोपा नरिवलको तेल लिएर मुखभरि फैलिनेगरि लगाउनुहोस् । यसले फाउन्डेसनको बेसको रुपमा काम गर्ने गर्दछ र मोइस्चुराइजरको काम पनि गर्दछ । 

मेकअप रिमुभरको रुपमा प्रयोग गर्न सकिनेः  

नरिवलको तेललाई सबैभन्दा राम्रो क्लिनरको रुपमा मानिन्छ । मेकअप हटाउनको लागि कपासमा नरिवलको तेल हाल्नुहोस् र यसको सहयोगले मेकअप हटाउनुहोस् । यसले मेकअप त हटाउँछ नै यसले छालाको भित्र रहेको ब्याक्टेरिया पनि हटाउने गर्दछ । 

तपाईंको सुन्दर छालाकाे लागिः  

यदि तपाईं आफ्नो छालालाई माया गर्नुहुन्छ भने नरिवलको तेल नियमित रुपमा लगाउनुहोस् । यसले तपाईंको छालालाई हाइड्रेटेड राख्न मद्दत गर्छ र प्रदुषणबाट बचाउँछ । परिवर्तित मौसममा छालाको रक्षा गर्ने गर्दछ । यो एक प्राकृतिक मोइस्चुराइजर हो । नरिवल तेलले छालालाई डिअक्सिफाई गर्दछ त्यसकारण नुहाइसकेपछि नियमितरुपमा आफ्नो छालामा नरिवलको तेल लगाउनुहोस् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *