प्रदेश १ सरकार र बाणिज्य महासंघबीच सार्वजनिक निजी साझेदारी पत्रमा हस्ताक्षर

फागुन १, बिराटनगर । १ नम्बर प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघ बीच कृषि क्षेत्रको विकासलाई मुख्य प्राथमितामा राखेर सार्वजनिक निजी साझेदारी सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो र उद्योग वाणिज्य महासंघका तर्फबाट अध्यक्ष भवानी राणाले सार्वजनिक निजी साझेदारी सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

सार्वजनिक निजी साझेदारी सम्बन्ध समझदारी पत्रमा कृषि क्षेत्रमा व्यवसायिक उत्पादन, प्रशोधन, बजारीकरणका माध्यमबाट रोजगार,स्वरोजगारको संख्या वृद्धि गर्ने,हालको परनिर्भरताको अवस्थालाई आयात प्रतिस्थापनका माध्यमबाट बिस्तारै कम गर्दे लैजाने , ग्रामीण पर्यटन र कृषि व्यवसायलाई सँगसँगै अघि बढाई स्थानीय स्तरमै आयआर्जन र रोजगारी सिर्जना गर्ने , आगामी ५ बर्ष भित्रमा स्थानीय तहमा एक उद्यम स्थापना गर्न परियोजना बैकको स्थापना गर्ने उल्लेख गरिएको छ । 

यस्तै प्रदेश नम्बर १ का १४ जिल्ला मध्ये सुरुमा प्रदेश सरकारसँग सहकार्य गर्न पायक पर्ने स्थानमा प्रदेश स्तरको कृषि उद्यम केन्द्रको स्थापना र संचालन गरी क्रमश अन्य जिल्लामा अगाडि बढाउने कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रम संचालन खर्च कुल विनियोजित बजेटको १० प्रतिशतको सीमामा रही सो रकमको अधिकतम ७० प्रतिशत प्रदेश सरकारले व्योहोर्ने तथा बाँकी निजि क्षेत्रको हुनेछ ।  

null

सार्वजनिक निजी साझेदारी सम्बन्धमा समझदारी पत्र हस्ताक्षर गर्दे नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कृषि र वन तथा पर्यटन क्षेत्रका माध्यमबाट आर्थिक क्रान्ति गर्न यो समझदारीपत्र हस्ताक्षर कार्यक्रम कोशे ढुंगा सावित हुने बताइन् ।  

साझेदारीपत्र हस्ताक्षर समारोहमा मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको एक्लो प्रयासले मात्र समृद्धि हासिल गर्न असम्भव रहेकाले नीजि क्षेत्रसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *