योजनाहरुको सम्पादनमा धनगढी उप–महानगरपालिका देशमै पहिलो

२०७५ फागुन ४ गते

फागुन ३, धनगढी । धनगढी उप–महानगरपालिले नगर विकास कोषबाट संचालित योजनाहरुको सम्पादनमा देशमै पहिलो भएको छ।
नगरविकास कोषले देशमा रहेका २ सय १७ वटा नगरपालिकाहरु मध्य धनगढी कार्य सम्पादन, कार्यान्वयनका उत्कृष्ट भएको हो। नगरविकास कोषले आफ्नो ३१ औं वार्षिकोत्सव कार्यक्रममा धनगढी उप–महानगरपालिकालाई सम्मान गरिएको हो।
null
शहरी विकास मन्त्री महम्मद इश्तियाक राईले उप–महानगरपालिकाका मेयर नृप आडलाई प्रमाणपत्र प्रदान गरेका थिए। शहरी विकास मन्त्री राईले धनगढी उप–महानगरपालिकाबाट सबैले सिक्नुपर्ने बताए । उक्त सम्मानले आफुहरुलाई थप हौसला प्राप्त भएको नगरप्रमुख वडले बताएका थिए।

२०७५ फागुन ४ गते
प्रतिक्रिया
सम्बन्धित