घरेलु मैदानमा सहज जित, लिभरपुल शीर्ष स्थानमा

एजेन्सी । लिभरपुल इङ्ग्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा बर्नेमाउथलाई ३-० गोल अन्तर गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । 

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो माने, जर्जियो विजनाल्डम र मोहमद सलाहले एक एक गोल गरे । 

एनफिल्डमा खेलको २४ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३४ औं मिनेटमा विजनाल्डमले लिभरपुलको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ४८ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३-० को सहज जित दिलाए ।  

null

 

जितसंगै लिभरपुलले २६ खेलबाट ६५ अंक जोडेको छ । र, लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ३ अंकले अघि रहेको छ । सिटीको ६२ अंक रहेको छ । 

पराजित बर्नेमाउथ ३३ अंकसहित ११ औं स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *