सानेपामा नेविसंघका दुई समूहबीच ढुंगा हानाहान

 

फागुन १२, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा दुई समूहबीच झडप भएको छ । 

कांग्रेसको भातृ संगठन नेविसंघका उमेर हदको पक्षमा रहेका नेता कार्याकर्ता तथा यसको विपक्षमा रहेका नेताहरुबीच झडप भएको हो । 

null

आइतबार निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले निकटका विद्यार्थी नेताले उमेर हदको पक्षमा प्रदर्शन गरेका थिए भने संस्थापन पक्षका विद्यार्थी नेताले उमेर हदको विपक्षमा प्रदर्शन गरेका थिए । 

प्रदर्शन गरिरहँदा नाराबाजीका क्रममा क्रममा दुवै पक्षबिच ढुङ्गा हानाहनसमेत भएको छ। प्रहरीले झडप नियन्त्रण गर्न लाठी चार्ज समेत गरेको थियो । अहिले पार्टी कार्यालयभित्र विद्यार्थी नेताहरुलाई प्रवेश निषेध गरिएको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *