लक्ष्मी बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभा सम्पन्न

 

काठमाडौं। लक्ष्मी बैंक लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष शम्भु प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न साधारण सभाले बैंकको चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु ८ अर्ब ९२ करोड पुगेको छ। 

साधारण सभाले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश स्वीकृत गर्नुका साथै संचालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०७४/०७५ को बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । यसका अतिरिक्त साधारण सभाले बैंकको व्यवसाय विस्तार गर्न शेयर तथा डिबेन्चर अन्डरराइट गर्ने लगायत विविध वित्तीय कारोबार गर्ने गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

null

आर्थिक वर्ष २०७४/७५ मा रु ६५.५६ अर्ब निक्षेप र रु ६२.६५ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु ८१ अरब रहेको छ । सोहि आ.व.मा बैंकले १ अर्ब १८ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहेका छन् । 

सन् २००२ मा स्थापनाभएको लक्ष्मी बैंकले आज आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदान गर्न सफल भएको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण वित्तीय सेवाको क्षेत्रमा सेवा पु¥याउने एक प्रमुख बैंकिङ्ग सेवा प्रदायकको रुपमा बंैक अगाडी आएको छ । उच्चस्तरीय संस्थागत सु–शासन संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षम प्रविधी लगायत उत्तम व्यवस्थापन रहेको बैंकको दाबी छ। 

लक्ष्मी बैंक एक हरित कम्पनी हो र यसले इन्टरनेट, कार्ड तथा मोवाइल फोन जस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोग मार्फत हरियाली मैत्री बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ। 

लक्ष्मी बैंकको इन्भेष्टमेन्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ बाट कारोबार शुरु गरी लघुवित्त सेवा प्रवाह गरिरहेको छ। 

लक्ष्मी बैंकले लक्ष्मी भ्यालु फण्ड १ र लक्ष्मी इक्विटि फण्ड नामक दुई म्यूचुअल फण्ड समेत सफलतापूर्वक जारी गरिसकेको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *