सत्तारुढ विद्यार्थी आन्दोलनमा, सोमबार त्रिवि उपकुलपतिको कार्यालय घेर्ने

 

फागुन ५, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विद्यार्थी संगठनले उपकुलपति कार्यालय घेराउ गर्ने भएका छन् । 

त्रिभुवन विश्वविद्यालयले फागुन १४ का लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति घाषणा गरेपनि निर्वाचन कार्यतालिका सार्वजनिक नगरेको भन्दै अखिल र क्रान्तिकारीले संयुक्त रुपमा उपकुलपति कार्यालय घेराउ गर्ने भएका हुन् । 

null

आइतबार अखिल अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै दुई दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्। भोलि (सोमबार) ११ बजे उपकुलपतिको कार्यालय घेराउ गर्ने र मंगलबार देशभरका स्ववियु निर्वाचन हुने क्याम्पस प्रमुखको कार्यकक्षमा प्रदर्शन गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *