आईसीसीको टी-२० वरीयतामा नेपाल १६ औं स्थानमा

काठमाडौं । नेपाल अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी क्रिकेटको वरियतामा समावेश भएको छ । 

संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजमा २-१ को जित निकालेपछि नेपाल आईसीसीको वरियतामा परेको हो । 

युएईविरुद्धको सिरिज जितपछि नेपालले वरियताको १६ औं स्थान हासिल गरेको छ । नेपालले १३ खेलबाट १२३ अंक पाएको छ । युएई १४ औं स्थानमा छ । युएईविरुद्धको एकदिवसीय सिरिज पनि जितेको नेपाल एकदिवसीय वरीयतामा भने १५ औं स्थानमा छ । 

null

आइतबार भएको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा युएईलाई १४ रनले हराउँदै नेपालले पहिलो पटक टी-ट्वान्टी क्रिकेट सिरिज जितेको थियो । 

  

टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया दोस्रोमा इंग्ल्यान्ड र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन्  । चौथोमा भारत र पाँचौ स्थानमा वेष्ट इण्डिज रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *