घरेलुु मैदानमा रियल मड्रिडको अप्रत्यासित हार, बार्सिलोनाभन्दा ९ अंकले पछि पर्यो

एजेन्सी । स्पेनिस ला लिगामा रियल मड्रिड पराजित भएको छ । आइतबार भएको खेलमा रियल मड्रिड जिरोनासंग २-१ गोल अन्तरले पराजित भएको हो । 

घरेलु मैदानमा १० खेलाडीमा सिमित रियलले सुरुवाती अग्रता जोगाउन नसक्दा पराजित भएको हो । जिरोनालाई जित दिलाउन क्रिस्थियन स्टुवानी र पोर्टुले एक एक गोल गरे । रियलका क्यासिमिरोले एक गोल गरे । 

 

null

खेलको २५ औं मिनेटमा क्यासिमिरोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६५ औं मिनेटमा स्टुवानीले पेनाल्टीमा गोल गर्दै जिरोनालाई खेलमा फर्काए । त्यसपछि खेलको ७५ औं मिनेटमा पोर्टुले गोल गर्दै जिरोनालाई २-१ को जित दिलाए ।  

खेलको इन्जुरी समयमा कप्तान सर्जियो रामोसले रातो कार्ड पाउदा रियल १० खेलाडीमा समेटिएको थियो ।   

 

घरेलु मैदानमा जिरोनासंग पराजित भएसंगै रियलले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । तेस्रो स्थानको रियलले २४ खेलबाट ४५ अंक जोडेको छ । जिरोना २७ अंकसहित लिगको १५ औं स्थानमा छ ।मड्रिड बार्सिलोनाभन्दा ९ अंकले पछि परेको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *