चलचित्र विकास बोर्डकी अध्यक्ष पौडेलसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
माघ २१, काठमाडौं । नेपाली चलचित्र बोर्डकी अध्यक्ष निकिता पौडेलसँग सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयले लिखित रुपमा रुपष्टिकरणको माग गरेको छ ।
मन्त्रालय स्रोतका अनुसार आइतबार चलचित्र विकास बोर्डको प्रगति विवरणसम्बन्धी एजेण्डामा छलफल गर्ने कार्यक्रम थियो । तर, बैठकमा वोर्ड अध्यक्ष नै उपस्थित नभएपछी काम सन्तोषजनक नरहेको भन्दै मन्त्रालयले लिखित रुपमा रुपष्टिकरण मागेकाे हो
null
आर्थिक वर्ष २०७५र७६ को बजेट कार्यन्वयनसम्बन्धी चौमासिक समीक्षा बैठकमा मन्त्रालय अन्तर्गत अन्य सबै संस्थान,बोर्ड र निकायका प्रमुखहरु सहभागी भए पनी विकास बोर्डकी अध्यक्ष पौडेल भने सहभागी भएकी थिईनन् ।
‘चलचित्र विकास बोर्ड अध्यक्ष आउनुभएन ?’ मन्त्रीले यस्तो प्रश्न गरेपछि सहसचिव राधिका अर्यालले उपस्थित नभएको जवाफ दिएकी थिइन् । त्यसपछि ‘छुट्टी लिएको भए रेकर्ड हुनुपर्यो, हैन भने स्पस्टीकरण सोधेर कारवाही प्रकृया अगाडि बढाउनुस्, सधैं यसरी मनपरि गर्न कसैलाई पनि छुट छैन’ भन्दै मन्त्री गोकुल बास्कोटाले निर्देशन दिएका थिए ।
अध्यक्ष पौडेलले हालसालै संचारकर्मी रबि लामिछाने सँग कानुनी रुपमा बिवाह गरेकी हुन् । उनले बिदा स्वीकृत पनि नगराएको मन्त्रालयका अधिकारीहरुले मन्त्रीलाई जानकारी गराएका थिए ।