मन्त्री अधिकारीको युरोप यात्रा अधुरै, कांग्रेसद्वारा शोक प्रकट

 

फागुन १५, काठमाडौँ । ताप्लेजुङको पाथिभरास्थित सिस्ने खोलामा भएको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको यूरोप यात्रा अधुरै रहेको छ । 

पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रममा सहभागी हुन पर्यटनमन्त्री बिहीबार बिहान यूरोप जाने तय भएको थियो । तर उनको यात्रा अधुरै रहन पुग्यो । यूरोप जानु अगावै बुधबार हेलिकप्टर दुर्घटनामा उनीसहित ७ जनाले ज्यान गुमाए । 

null

मौसम खराबीका कारण एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले जानकारी दिए । 

सो हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरे सवार थिए । 

यस्तै नेपाली काङ्ग्रेसले हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाले जीवन गुमाएकोमा गहिरो दुःख व्यक्त गरेको छ । 

पार्टी सभापति शेरबहादुर देउवाले आज शोक वक्तव्य जारी गरी विद्यार्थी जीवनदेखि सङ्घर्ष गरेर अघि बढेका मन्त्री अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य रहेको बताए । 

सभापति देउवाले मन्त्री अधिकारीको असामयिक निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उनको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *