राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
माघ २१, काठमाडौँ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र टी–ट्वान्टी क्रिकेट सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषद् राखेपका उपाध्यक्ष पिताम्बर तिमल्सिना लगायतले स्वागत गरेका थिए ।
null
टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद राखेपका उपाध्यक्ष पिताम्बर तिमल्सिना लगायतले स्वागत गरेका थिए ।
घरेलु टोली युएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र टी-ट्वान्टी सिरिज समान २-१ ले जितेको थियो । दुवै सिरिजको सुरुवाती खेल गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई सिरिज आफ्नो बनाएको थियो ।
नेपाली टोलीका लागि दुवै सिरिज ऐतिहासिक सिरिज समेत रहेको थियो । नेपालले पहिलो पटक एकदिवसीय र टी-ट्वान्टी सिरिज जितेको थियो ।