सलाहलाई ‘प्लेयर अफ दि मन्थ’ अवार्ड

एजेन्सी । लिभरपुलका फरवार्ड मोहमद सलाहले ‘पीएएफ प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका छन् । जनवरी महिनाको उत्कृष्ट खेलाडी बन्दै सलाह ‘प्लेयर अफ दि मन्थ’ घोषित भएका हुन् ।  

इजिप्टका सलाहले जनवरीको ४ खेलमा ३ गोल गर्दै प्रोफेसनल फुटबलर्स एसोसियसनले हरेक महिना प्रदान गर्ने यस अवार्ड जितेका हुन् । २६ बर्षे सलाह डिसेम्बर महिनामा समेत प्लेयर अफ दि मन्थ बनेका थिए ।  

प्रिमियर लिगमा यस सिजन सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका सलाहले १६ गोल गरिसकेका छन् ।  

null

सलाहको उत्कृष्ट प्रदर्शनले लिभरपुल लिगको शीर्ष स्थानमा रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *