धरानमा सुरु भयो प्रदेशस्तरीय पुष्प मेला

 

फागुन ७, धरान । ‘घर आँगन होस् या सडक किनारा, रोपि स्वदेशी फुल बिरुवा बनाउँ प्रदेश हराभरा” भन्ने नाराका साथ प्रदेश स्तरीय तेश्रो पुष्प व्यापार मेला मंगलबारबाट सुरु भएको छ । 

सुनसरीको धरान १२ स्थित अमान बजार परिसरमा लोरिकल्चर एशोसिएशन नेपाल सुनसरीले आयोजना गरेको मेलाको उद्घाटन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियतले गरेका हुन् । 

null

विदेशी फुलको आयातलाई कम गर्न तथा स्वदेशी पुष्प व्यवसायीहरुलाई उत्साहित गर्ने उद्देश्यले भूमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश नं १ तथा धरान उपमहानगरपालिकाको सहयोगमा सुरु भएको मेलाको उद्घाटन गर्दै मन्त्री कुसियतले कृषि, पर्यटन लगायतका क्षेत्रको विकासका लागि सरकार जस्तोसुकै सहयोग गर्न पनि पछाडी नहट्ने बताए । 

 

उनले प्रत्येक क्षेत्रमा लगानी गर्ने योजना प्रदेश सरकारको रहेकोले सरकारले कसैलाई काखा र कसैलाई पाखा गर्छ भन्ने नसोच्न आग्रह गरे । 

कार्यक्रमका अन्य वक्ताहरुले पनि पुष्प क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धन गर्नका भौतिक संरचना निर्माणका लागि सहयोग बढाउनेमा सकारात्मक भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे । 

कार्यक्रममा नेकपाका नेता चोत्लुङले १ नं प्रदेशको पर्यटन विकासका लागी धरानको विमानस्थल अपरिहार्य रहेको भन्दै विराटनगरबाट माउन्टेन लाईट हुन नसकेको र सो कुरा धरानमा सम्भव हुने भएकाले विमानस्थलको लागी बजेट छुट्याउन मन्त्री कुसियतसँग माग गरे । 

 

मेलामा व्यवसायिक रुपमा ३२ वटा स्टल राखिएको थियो भने फूलको विरुवाको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत गरिएको थियो । 

पुष्प मेलामा फुलसँगै अर्गानिक कृषि उत्पादनको स्टल, कौसि खेतीका स्टल, मल खाद्यय तथा मौसमी फुलहरु, आलंकारिक बोटविरुवा, सुनाखरी, कम्पोष्ट मल, फुलको गानो, विउविजन, कृर्षि औजार, उपकरण, ग्रिन टि, प्याकेजिङका सामग्रीहरुको प्रर्दशनी तथा बिक्री कक्ष राखिएको छ । 

 

मेलामा गत बर्षको भन्दा व्यवस्थित र बढी पुष्प व्यवसायीहरु सहभागी छन् भने सर्वसाधारणहरुको पनि उतिकै भीड लागेको मेला संयोजक एवं एशोसिएशनका सुनसरी सदस्य प्रेम प्रसाद पराजुलीले बताए । 

आयोजकका अनुसार मेलामा इलाम, झापा, मोरङ र सुनसरीका डेढ दर्जन बढी पुष्प व्यावसायीहरु पनि छन् । यसपाली फुलको सिजनमा पुष्प मेला भएकोले गत बर्षभन्दा धरै प्रकारका फुलहरु पाइने आयोजकले जानकारी दिए । 

मेलामा सय भन्दा बढी प्रकारका फुलहरुः गोदावरी, अर्किड, एन्थोरियमको भेराइटी, एन्टेरियम, लालुपाते, क्याकटस, एजेलिया, क्याटेलिया, फनिक्स, डेलिया, साल्बिया, क्यामेलिया, गुलाब तथा बोइन्साइहरु धेरै प्रकारको फुल र बोटविरुवा स्टलमा छन् । 

 

मंगलबारबाट सुरु भएको पाँच दिने सो मेलामा सहभागी भएका नर्सरी एवं स्टलहरुलाई पुरस्कार समेत प्रदान गरिएको छ, जसमा झापा दमकको महादेव नर्सरी प्रथम, न्यु रितु नर्सरी तरहरा सुनसरी दोस्रो र अर्फिकन भोईलेट नर्सरी तेश्रो भएको थियो । पुरस्कृत सबैलाई ट्रफी र सम्मान पत्र प्रदान गरिएको थियो । 

यस्तै, सबैभन्दा राम्रो सजावटमा धरान ९ पुर्ण पथको एन्जीला नर्सरी, उत्कृष्ट आलंकारीक बिरुवामा धरान ७ शान्तीपथका क्यामेलीया नर्सरी, र धरान १९ बिरेन्द्र चोकका पबित्र नर्सरी सिजनल प्लान्ट तर्फ उत्कृष्ट हुँदै टर्फि र प्रमाणपत्र पाएका छन् । 

त्यस्तै मेलामा ५० हजार भन्दा बढी अबलोकनकर्ताले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ भने मेलामा ६० लाख भन्दा बढीको कारोबार विश्वास गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *