हिगुइन र हाजार्ड चम्किए, चेल्सीको सहज जित

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । शनिबार भएको खेलमा चेल्सीले हडर्सफिल्ड टाउनलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।  

घरेलु मैदानमा चेल्सीलाई सहज जित दिलाउन गोन्जालो हिगुइन र इडेन हाजार्डले दुई दुई गोल गरे । डेभिड लुइजको नाममा एक गोल रह्यो । 

स्टामफोर्ड ब्रिजमा खेलको १६ औं मिनेटमा हिगुइनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । गत साता युभेन्ट्सबाट चेल्सी आएका हिगुइनको यो डेब्यु गोल समेत हो । खेलको ४५ औं मिनेटमा हाजार्डले पेनाल्टीमा गोल गरेपछि चेल्सी पहिलो हाफमा २-० ले अघि रह्यो । 

null

 दोस्रो हाफमा चेल्सी थप आक्रमक बन्यो । खेलको ६६ औं मिनेटमा हाजार्डले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता ३-० को बनाए । खेलको ६९ औं मिनेटमा हिगुइनले पनि व्यक्तिगत दोस्रो गोल पुरा गर्दा चेल्सी ४-० ले अघि रह्यो । त्यसपछि खेलको ८६ औं मिनेटमा लुइजले गोल गर्दै चेल्सीलाई ५-० को जित दिलाए ।जितसंगै चेल्सी आर्सनललाई पछि पार्दै लिगको चौथो स्थानमा उक्लिएको छ  । चेल्सीले २५ खेलबाट ५० अंक जोडेको छ । पराजित हडर्स ११ अंक जोडेर लिगको पुछारमा छ । 

प्रिमियर लिग अन्तर्गत अन्य खेलमा वुल्भ्सले एभर्टनलाई ३-१ ले पराजित गर्दा क्रिष्टल प्यालेसले फुलहमलाई २-० ले हराएको छ । बर्नलीले साउथह्याम्पटनसंग १-१ गोलको बराबरी खेल्दा ब्राइटन र वाट्फोर्टले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *