जनताको सुख दुःखमा नेपाली सेना

 

फागुन १०, काठमाडौँ । थानकोटस्थित पानीघाटमा रहेको नेपाली सेनाको ब्रिजिङ्ग महाशाखा र थानकोट जेसिजको आयोजनामा मणिहर्ष ज्योति वृद्धा आश्रमका १० जना आमाहरूलाई न्यानो कम्मल र चुनदेवी माध्यमिक विधालयका विद्यार्थीलाई विभिन्न किसिमका खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । 

सामाजिक काममा सक्रियता बढाउँदै आएको नेपाली सेनाले पछिल्लो केही दिनयता नेपाली सेनाको ब्रिजिङ्ग महाशाखा सामाजिक कार्यमा क्रियाशिल भइरहेको छ । 

null

हाम्रो फुलवारी कार्यक्रम अन्तर्गत सेनाले एउटै मञ्चबाट विद्यालयलाई खेलकुद सामाग्री, न्यानो कपडा वितरण, साँस्कृतिक कार्यक्रम, सेना सम्बन्धि वृत्तचित्र प्रर्दशनी कार्यक्रमको आयोजना गरेको सेनाले जनाएको जानकारी दिएको छ । 

 

महाशाखाले चन्द्रागिरि ४ मा रहेको ज्येष्ठ नागरिक सेवा केन्द्रका आमाहरूलाई सेनाको गाडीमा ल्याई सम्मान सहित न्यानो कम्मल वितरण गरेको हो । सेनाको सामाजिक कार्यले स्थानियहरूमा खुशी पैदा गराएको स्थानिय तथा समाजसेवी ईश्वर लामाले बताए । 

नेपाली सेना अन्तर्गत बृजिङ्ग महाशाखाका प्रमुख सेनानी पवन थापाले नेपाली सेनाले पहिलो कार्यक्रमबाटै स्थानीयहरूमा देखिएको उत्साहले अबका दिनहरूमा सामाजिक कार्यहरुमा अघि बढ्ने हौसला मिलेको बताए । 

कार्यक्रममा १४ नम्बर वाहिनी पति सहायक रथि नरेस सुव्वाले नेपाली सेनाले समाजको हरेक सुक्ष्म समस्याहरू नजर अन्दाज गर्दै सामाजिक रूपान्तरणमा नेपाली जनताहरूसँगै रहेर सामाजिक दायित्व बोध गर्ने कुरामा सधँै अग्रसर रहेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *