पौडेल र सिटौला समूहले बहिस्कार गरेपछि कांग्रेस बैठक स्थगित

 

फागुन १४, काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रिय समितिको बैठक नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूहले बहिस्कार गरेपछि स्थगित भएको छ । 

कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेकाे बैठकमा पार्टी अनुशासन समिति गठन गर्नुपर्ने माग गरिएको थियो । सो माग सुनुवाई नहुने भएपछि प्रकाशमान सिंह, प्रदिप पौडेल, रामशरण महत पौडेल, सिटौला लगायतका नेताहरुले बैठक बहिस्कार गरेका हुन् । 

null

यसअघि पदाधिकारी र वरिष्ठ नेताको फरक मतलाई बेवास्ता गर्दै काँग्रेसले बहुमतबाट संघीय विधान परिमार्जनसहित पारित गरेको थियो । 

महासमिति बैठकको निर्णय विपरीत बहुमतको आधारमा आइतबार विधान पारित गरेपछि पौडेल र सिटौला समूहका नेताहरु असन्तुष्ट बनेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *