चेल्सीलाई पराजित गर्दै म्यान्चेष्टर युनाईटेड एफए कपको क्वार्टरफाईनलमा

एजेन्सी । म्यान्चेष्टर युनाईटेड एफए कप फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा चेल्सीलाई २–० गोल अन्तरले पराजित गर्दै म्यान युनाईटेड एफए कपको अन्तिम ८ मा प्रवेश गरेको हो । 

स्टामफोर्ड ब्रिजमा म्यान युनाईटेडलाई जिताउन आन्द्रे हेरेरा र पाउल पोग्बाले गोल गरे । पोग्बाको पासलाई सदुपयोग गर्दै हेरेराले ३१ औ मिनेटमा टोलीलाई अग्रता दिलाए । 

४५ औ मिनेटमा पाउल पोग्बाले अग्रतालाई दोब्बर बनाउँदै म्यान युनाईटेडको जित सुनिश्चित गरे । क्वार्टरफाईनलमा युनाईटेडले प्रिमियर लिग क्लब उल्भ्ससंग प्रतिस्पर्धा गर्ने तय भएको छ । 

null

पछिल्लो हारले चेल्सीका प्रशिक्षक माउरिजियो सर्रीमाथि दबाब थपिएको छ । पाँचौ चरणको खेलमा पराजित हुदै चेल्सी प्रतियोगिताबाट बाहिरिएको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *