स्पेनिस ला लिगा: एट्लेटिको मड्रिडलाई हराउँदै रियल दोस्रो स्थानमा

एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा डर्बी क्लब एट्लेटिको मड्रिडलाई ३-१ गोल अन्तरले हराउँदै रियल दोस्रो स्थानमा उक्लिएको हो । 

एट्लेटिकोको मैदानमा भएको खेलमा रियललाई जित दिलाउन कासिमिरो, सर्जियो रामोस र ग्यारेथ बेलले एक एक गोल गरे । एट्लेटिकोका एन्टोनियो ग्रीजम्यानले एक गोल फर्काए । 

१० खेलाडीमा सिमित एट्लेटिकोविरुद्ध १६ औं मिनेटमा कासिमिरोको गोलबाट रियलले अग्रता बनाएको थियो । तर,  खेलको २५ औं मिनेटमा घरेलु टोलीका ग्रीजम्यानले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । 

null

 

खेलको ४३ औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए  । त्यसपछि खेलको ७४ औं मिनेटमा बेलले गोल गर्दै रियललाई ३-१ को जित दिलाए । यो गोलसंगै बेलले रियलको लागि सबै खाले प्रतियोगितामा १०० गोल पुरा गरेका छन्  । 

यस्तै खेलको ८० औं मिनेटमा थोमसले रातो कार्ड पाएपछि घरेलु टोली अन्तिम १० मिनेट १० खेलाडीमा समिति भएको थियो । 

जितसंगै रियलले २३ खेलबाट ४५ अंक जोडेको छ । रियलले एट्लेटिकोलाई १ अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो । एट्लेटिकोको ४४ अंक छ । 

 

रियल लिग लिडर बार्सिलोना भन्दा ५ अंकले पछि छ । बार्सिलोनाको ५० अंक छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *