मेलबर्न स्टार्स सेमिफाइनलमा, सन्दीपले लिए ३ विकेट

माघ २७, काठमाडौँ । अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) मा नेपाली युवा बलर सन्दीप लामिछाने आबद्ध मेलवर्न स्टार्सले शानदार जित हात पारेको छ । 

समूह चरणको अन्तिम खेलमा जित्नै पर्ने दबाब बोकेको मेलवर्नले सिड्नी सिक्सर्समाथि ९४ रनको फराकिलो जित हात पार्दै बिग बास लिगको सेमिफाइनलमा स्थान बनाएको छ । 

पहिले ब्याटिङ गरेको मेलवर्नले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनायो । सन्दीप लामिछानेले ११ रन खर्चिएर ३ विकेट लिए। स्टार्सका लागि कप्तान ग्लेन म्याक्सवेलले ४३ बलमा बिस्फोटक ब्याटिङ गर्दै ६ छक्का र ४ चौकासहित ८२ रन बनाए। 

null

घरेलु टोली स्टार्सले दिएको १८९ रनको लक्ष्य पछ्याएको सिक्सर्सले निर्धारित २० ओभरको खेलमा १३.४ ओभरमा अलआउट हुँदै ७४ रनमा समेटियो ।  

सिक्सर्सका लागि डानियल ह्यूजेजले सर्वाधिक १२ रन बनाए । स्टेभ ओ काफीले ११ तथा टोम कुरानले १० रन बनाउनु बाहेक अरू कुनैले दोहोरो रनको स्कोर छुन सकेनन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *