यूरोपियन होम एप्लायन्स सामुयलडाइरेक्टः जसले तपाईको बेडरुम आरामदायी बनाउँछ
फागुन १२, काठमाडौं । दैनिक भागदौडबाट लखतरान भएर घर पुगेपछि आरामदायी विच्छ्यौनामा ढल्किने चाहना धेरैको हुन्छ । तर, सबैले आरामको निन्द्रा कहाँ पाउन सक्छन् !
निन्द्रा नपर्ने अनेक कारण हुन सक्छन्, ति मध्ये आरामदायी विछ्यौनाको अभाव पनि एउटा कारण हो ।
null
तपाईको बेडमा प्रयोग गरिएको मेट्रेक्स, डस्ना मुलायम मात्र भएर पुग्दैन । बाक्लो मात्रै भएर पनि मिठो निन्द्रा आउँदैन । अथवा आकर्षक फराकिलो भएर मात्रै पुग्दैन । त्यसको बनौट, लचकता र नरमपना पनि तपाईलाई सुहाउने हुन आवश्यक छ ।
यहि कुरालाई मध्य नजर गर्दै सामुयलडाइरेक्टले ल्याएको छ विश्वकै उत्कृष्ठ मेमोरी फोमयुक्त म्याट्रेस, पिलो, बेड कभर लगायत । राजधानीको नयाँबजार खुसिबुमा एक वर्ष अघि सञ्चालनमा आएको सामुयलडाइरेक्टले बालबालिका देखि बयस्कसम्मका लागि अति उपयुक्त म्याट्रेस, पिलो, बेड कभर सर्वसुलभ मुल्यमा उपलब्ध गराउँदै आएको छ । सामुयल डाइरेक्ट ब्रान्डका होम एप्लाएन्स युरोपियन बजारमा निकै रुचाइएका छन् ।
लामो समयदेखि बेलायत रहँदै आएका युवा ब्यवसायी सुनिल प्रधानले सञ्चालन गरेको सामुयलडाइरेक्टमा विश्वकै नं. १ मेट्रेक्सका गुणस्तरीय म्याट्रेस, पिलो, बेड कभरहरु उपलब्ध छन् । जुन युरोपियन क्वालिटीका रहेका छन् ।
‘हामीले बेलायत लगायत यूराेपियन देशहरूमा अत्याधिक प्रयोगमा आउने उच्चस्तरीय गुणस्तरका डस्ना, तकिया लगायत बालबालिकाका बेडहरु ल्याएका छौं । जुन विश्वस्तरीय गुणस्तरका रहेका छन् ।’ १९ वर्षदेखि बेलायतमा रहेर ब्यवसाय गर्दै आएका सुनिल प्रधानले भने ।
सामुयलडाइरेक्टमा मेट्रेक्समा हाइब्रिड मेट्रेक्स, पकेट स्प्रिङ मेट्रेक्स, प्रोटेटर मेट्रेक्स, मेमोरि फोम मेट्रेक्स, वेवी कट मेट्रेक्स पाइन्छ ।
सामुयलडाइरेक्टले ल्याएको बालबालिकाको फर्निचर आकर्षण र बालमैत्री छन् । जुन देख्ने वित्तिकै बालबालिकालाई समेत मन पर्छ ।
बजारमा पाइने मेट्रेक्स र यहाँ पाइने मेट्रेक्समा के फरक छ त ?
मुलायम, शरीरको सन्तुलन अनुसार लचकता दिने हाइब्रिड मेट्रेक्सको विशेषता हो । भने, शरीर र बाहिरी तामक्रम अनुसार न्यानोपन दिने अर्को विषेशता हो । ‘हाइब्रिड मेट्रेक्सले अधिकतम न्यानो मात्र दिँदैन, यो कोठाको तापक्रम अनुसार अटोमेटिक एडजस्ट हुन्छ । धेरै गर्मी हुने ठाउँमा त्यत्ति प्रयोग हुन नसकेपनि काठमाडौं जस्ता शहरमा भने अत्यन्त उपयोगी हुन्छ ।’ सञ्चालक सुनिल प्रधानले भने ।
बजारमा पाइने मेट्रेक्सले बाहिरी तापक्रमलाई एडजस्ट नगर्न सक्छ । यसका अलावा गह्रुँगो हुने, छिटो नतात्ने, तातिसकेपछि अत्याधिक तातो हुने जस्ता समस्या आउन सक्छन्, तर, सामुयलडाइरेक्टका प्रोडक्टहरुमा कुनैपनि समस्या छैन ।
एक वर्ष अघि सुरु भएको सामुयलडाइरेक्टमा अहिले रेगुलर ग्राहक छन् । प्रचारप्रसारमा खासै ध्यान नदिएपनि एक पटक सामान किनेका ग्राहक यहाँ दोहोरिएर जानु सामुयलडाइरेक्टले प्राप्त गरेको गुडविल हो ।
‘हामीले क्वान्टिटीलाई भन्दापनि क्वालिटीलाई ध्यान दिएका छौं, हाम्रा सामग्रीहरु गुणस्तरीय भएकोले एक पटक प्रयोग गर्नुहुने कस्टमर नै दोहोरिएर आउनुहुन्छ ।’ सामुयलडाइरेक्टका नेपाल सेल्स मेनेजर आयुष श्रेष्ठ भन्छन्–‘कतिपय कुरामा हामीले वारेण्टी समेत दिएका छौं ।’
सामुयलडाइरेक्ट आम उपभोक्ताका लागि खासै परिचित नाम त हैन, तर, ब्राण्डेड सामान प्रयोग गर्ने ग्राहकहरुलाई भने परिचित छ । नेपाली फिल्मका अहिलेका हटकेक कलाकारहरु समेत नियमित आउने गर्दछन् ।
धेरैले सोच्छन्, युरोपियन ब्राण्ड भएपछि त्यसको मुल्य अत्याधिक हुन्छ । तर, सामुयलडाइरेक्टका प्रोडक्टहरु हेर्दा उपभोक्तालाई कुनै गुनासो हुँदैन । उपभोक्तालाई सहजताका लागि नेपाल भरी होमडेलिभरीको सुविधा छ । हरेक प्रोडक्टमा १ वर्षको वारेण्टी छ । सामुयलडाइरेक्टका कुनैपनि प्रोडक्टमा १० प्रतिशत छुट दिइएको छ ।
सामुयलडाइरेक्टका सञ्चालक सुनिल प्रधान बेलायतका नेपालीहरु माझ सफल युवा ब्यवसायी समेत हुन्, राजधानी रानीबारी घर भएका सुनिलले नेपालमा पनि केहि गरु भनेर यो ब्यवसाय सुरु गरेका हुन् ।
‘ब्यवसाय गरेपछि पैसा त कमाउने सोच हुन्छ नै, तर, सामुयलडाइरेक्टबाट मैले तत्काल नाफा भन्दा पनि उपभोक्तालाई गुणस्तरीय प्रोडक्ट दिने योजना बनाएको छु ।’ उनी भन्छन् ।