प्रचण्डतिर लक्षित गर्दै सांसदले भने, ‘यो राजनीतिमा एउटा काल पल्किन खोजिरहेछ’

 

फागुन १५, काठमाडौँ । आज म यो गरिमामय सदनमा सम्माननीय अध्यक्ष मार्फत् एउटा गम्भीर विषयतिर सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । गम्भीर घटनातिर, जसले नेपालको राजनीतिलाई दीर्घकालसम्म घातक प्रभाव पार्न सक्छ । त्यो विषयतिर ध्यानाकर्षण गराउन म चाहन्छु । यो घटना फागुन १० गतेको । जुन दिन एकै दिन, एकै समय पारेर नख्खुस्थित एनसेलको केन्द्रिय कार्यालय लगायत देशका २१ ठाउँमा बम विस्फोट भएको थियो । 

त्यो घटनातिर म ध्यानाकर्षण गराउन चाहन्छु । यो एउटा कागताली भनौँ या संयोग भनौँ । त्यो घटना भन्दा एकदिन अगाडी जब मान्य जनार्दन शर्माले संघीयताको सन्दर्भमा केही कुराहरु आक्रामक रुपमा उठाइसक्नु भएको थियो । र संक्रमणकालीन न्यायको बारेमा नेपाली राजनीतिक बजार गरम भइरहेको थियो । त्यतिबेला प्रचण्डजीले यदि संविधानको राम्रो कार्यान्वयन भएन भने र संक्रमणकालीन न्यायको विषय राम्रोसँग सम्पादन भएन भने यो देशमा अर्को माओवादी जन्मन सक्छ, भन्ने उद्घोष गर्नुभएको थियो । एकदिन अगाडी । र भोलिपल्ट यो घटना भयो । यो के कागताली हो ? के संयोग हो ? बुडी मरिन् भनेर त्यति चिन्ता लिनु पर्दैन । चिन्ता त लिनुपर्छ । तर त्यति चिन्ता लिनुपर्दैन । जति काल पल्केको कुरालाई । यो मुलुकमा फेरि पनि नेपाली राजनीतिमा एउटा काल पल्किन खोजिरहेको छ । 

null

त्यो १० वर्षको कहालीलाग्दो राजनीतिक समय हिंसा, आतंक, अराजकता, हत्या अहिले पनि हामीले सम्झिरहेका छौँ । त्यो सन्दर्भमा यो घटनालाई सरल र सजिलो रुपमा सतही रुपमा मात्रै सरकार (नेकपा) ले लिएर बस्यो भने यसले नेपाली राजनीतिलाई अत्यन्त दुःखद् अवस्थामा रुपान्तरण गर्नेछ । 

 

                                      राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देव  

पहिलो, यो घटना एक त त्यस्तो संस्थामाथि प्रहार भएको छ, जहाँ विदेशी लगानी छ । हामी सबै राजनीतिक पार्टीहरुले, सरकारले विदेशी लगानी खोजीरहेको कुरा गरिरहेका छौँ । आगामी महिनामा एउटा विदेशी लगानीको तयारी हुँदैछ । केही वर्ष अगाडी विदेशी अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको सम्मेलन हामीले गरेका थियौँ । लगानीकर्ताहरुले अहिले पनि विभिन्न किसिमका गुनासाहरु गर्दैछन् । हामी नेपालमा लगानी गर्न सक्दैनौँ । नेपालमा लगानीका लागि उचित वातावरण देखिरहेका छैनौँ भनिरहेका छन् । यस्तो अवस्थामा यो काम लगानीकर्ताहरु लखेट्ने, विमुख बनाउने र राष्ट्रघातको काम गर्ने जस्ता घटनालाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएन भने धेरै ठूलो राष्ट्रघात हुन सक्ने सम्भावना छ । नेपालको अर्थतन्त्र बर्बाद हुन सक्छ । 

लगानीको कोणबाट त हामीले हेर्यौँ । अब हिंसाको कोणबाट हेरौँ । यो हिंसाको अवस्था रह्यो भने नेपालको अवस्था भोली के होला ? म धेरै व्याख्या गर्न चाहन्न हामी सबैले व्यहोरिसकेका छौँ । एउटा शान्ति प्रक्रियाबाट, १२ बुँदे सम्झौताबाट गणतन्त्र स्थापित गरी नेपालको राजनीतिलाई अघि बढाउने भन्ने नेपालका राजनीतिक दलहरुको प्रतिबद्धता थियो । त्यसैमाथि अहिले प्रहार भइरहेको छ । यसलाई गम्भीर रुपमा नलिए नेपाली राजनीतिमा फेरी एउटा दुरदिन आउन सक्छ । 

म विप्लवप्रति सरकार, नेकपाको दृष्टिकोण के हो ? यो पनि बुझ्न चाहन्छु । विप्लव पार्टी एउटा आतंकवादी पार्टी हो कि राजनीतिक पार्टी हो ? या पार्टी राजनीतिक कामकारवाही आतंकवादी हो । कि के हो ? के निष्कर्ष हो ? विप्लव र नेकपाको ? विप्लवलाई हेर्ने सरकारको दृष्टिकोण के हो ? अविलम्ब म माग गर्न चाहन्छु । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *