कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्धीका आधार : ढकाल

माघ १८, रोल्पा । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्धीका आधार भएको बताएका छन् । रोल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रोे रोल्पा महोत्सवलाई शुक्रबार सुलिचौरमा सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त कुराको उल्लेख गरेका हुन् । 

 

संघिय संसद प्रतिनिधि सभाका सम्माननिय सभामुख कृष्णबहादुर महराको प्रमुख अथित्यमा सम्पन्न उद्घाटन सत्रलाई माननिय उर्जामन्त्री बर्षमान पुन, स्थानिय जनप्रतिनिधिहरु लगायत राजनितिक दलका प्रतिनिधि तथा स्थानिय उद्योगी व्यवसायीहरुले सम्बोधन गरेका थिए । 

null

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले रोल्पाको भु–भागमा पाइने बहुमुल्य जडिबुटीको उचित बजारीकरण गर्न सकेमा समग्र रोल्पा र आसपासका क्षेत्रको स्थानीय आर्थिक गतिविधिलाई बढाउन सकिने बताए । जलविद्युत उत्पादन गरि रोल्पाको आर्थिक विकासमा टेवा पुर्याउन सकिने उल्लेख गरे । 

मुलुकमा भएको पछिल्लो राजनीति परिवर्तनको उदगम स्थल हुनुका नाताले रोल्पा राजनीति रुपमा समेत अत्यन्तै महत्वपूर्ण जिल्ला भएको स्मरण गर्दै तीनै तहका सरकारसँग सहकार्य गरि स्थानिय स्तरका आर्थिक गतिविधीलाई बढाउन नेपालको निजी क्षेत्र तयार रहेको बताए । अहिले रोल्पाली जनताको मुख्य आय श्रोत भनेकै रेमिटेन्स हो । 

रोल्पाका गाउँगाउँमा आइएमईको सेवा पुर्याएका छौँ । त्यस्तै लिवाङ्ग र सुलिचौरमा सम्पुर्ण बैकिङ सेवा सहितका शाखा र घर्तिगाउँमा एक्स्टेन्सन काउण्टर सहित ग्लोबल आईएमई बैंकले सेवा प्रदान गर्दै आएको छ भने छिट्टै होलेरीमा एक्सटेन्सन काउण्टर थवाङ्ग,सिर्प,तेवाङ्ग र इरिबाङ्ग लगायतका क्षेत्रमा शाखारहित बैकिङ्ग सेवा शीघ्र पुर्याउने उद्देश्य सहित काम अगाडी बढेको जानकारी गराउन गराउँदै यसबाट समग्र रोल्पाको बित्तीय र रेमिटेन्स सेवा पूर्ती गर्न आइएमई ग्रुप सफल रहेको विश्वास व्यक्त गरे । 

आईएमई ग्रुपको मुख्य प्रायोजनमा शुरु भएको महोत्सवको उद्घाटन सत्रमा आइएमई ग्रुपका जनसम्पर्क ब्यवस्थापन प्रमुख राजु पौडेलको समेत उपस्थिति रहेको थियो । सन् २००१ मा स्थापना भएको आइएमई ग्र्रुपले रेमिटेन्स, बैंकिङ्ग, सूचना–प्रविधि, उर्जा, पर्यटन, अटोमोटिभ, इन्सोरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिट्यालीटी लगायतका बिभिन्न क्षेत्रमा लगानी बिस्तार गर्दै मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्दै आइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *