काठमाडौँलाई पाखा लगाउँदै अत्तरिया डिपीएलको फाइनलमा

 

फागुन ८, काठमाडौँ । सिवाईसी अत्तरिया धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । 

बुधबार भएको क्वालिफायर्समा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँ गोल्डेन्स ४१ रनले पराजित भएपछि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सिवाईसी अत्तरियाले फाइनलमा प्रवेश पाएको हो । 

null

जितसँगै फाइनलमा अत्तरियाले दोस्रो क्वालिफायर्सको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । हार व्यहोरेको काठमाडौंले भने अब फाइनल प्रवेशका लागि इलिमिनेटरबीचको बिजेतासंग दोस्रो क्वालिफायर्स खेल्नेछ । 

अत्तरियाले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको काठमाडौं १८ ओभर ३ बलमा अलआउट हुँदै ६९ रनमा समेटियो । 

काठमाडौँका लागि गौरव तोमरले सर्वाधिक २६ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्र सिंह कार्कीले समान ११–११ रन जोडे भने बाँकी खेलाडीले दोहोरो रन जोड्न सकेनन् । 

अत्तरियका सन्नी पटेलले ३ विकेट लिए भने, भुवन कार्कीले २ र कप्तान दिपेन्द्र सिंह ऐरीले १ विकेट मात्रै लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर ११० रन बनाएको थियो । 

अत्तरियालाई जिताउन कप्तान दिपेन्द्रले ३३ रन जोडे । दिपेन्द्रले ३४ बल खेल्दै ५ चौका प्रहार गरे । सन्नी पटेलले २४ बल खेल्दै १ चौका र २ छक्काको मद्दतमा २८ रन योगदान गरे। जय किशन कोल्शावालाले १३ रन जोड्दा सुबेन्धु पाण्डेले १६ रन बनाए ।। 

काठमाडौँका अंकित दबास र सूर्य तामाङले समान २–२ विकेट लिए । राशिद खान र योगेन्द्र सिंह कार्कीले १–१ विकेट लिए । 

बिहिबार हुने इलिमिनेटरमा तेस्रो भएको रुपन्देही च्यालेन्जर्स र चौंथो महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । बिजेताले शुक्रबार फाइनल प्रवेशका लागि काठमाडौंसंग खेल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *