‘ड्याटसन गो’ कारको नयाँ भर्सन नेपाली बजारमा

काठमाडौं। ‘ड्याटसन गो’ कारको नयाँ भर्सन अर्थात ड्याटसन गो फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक हुुँदैछ ।नेपालमा ड्याटसनको आधिकारिक वितरक पायोनियर मोटोकर्पले यो गाडी सार्वजनिक गर्ने भएको हो। पायोनियर मोटोकर्प नै निसान गाडीको पनि वितरक हो । 

आगामी फागुन ३ गते निसान किक्स लन्च गरेको एक सातापछि ड्याटसन गो फेसलिफ्ट लन्च सार्वजनिक हुुँदैछ ।  

ड्याटसन गोको नयाँ भर्समा धेरै अपडेट भएर आएको छ । नयाँ बम्पर तथा ग्रिल, आकर्षक हेडल्याप्स, एलईडी डीआरएल आदिमा परिमार्जन गरिएको छ । कारको पछि लगाइएको सीसी क्यामेरामा इन्टेग्रेटेड टर्न इन्डिकेटर्स समेत उपलब्ध छ । 

null

ड्याटसन गो फेसलिफ्टमा १.२ लिटरको ३ सिलिन्डर पेट्रोल इञ्जिन छ, जसले ६७ बीएचपी पावर र १०४ एनएम टर्क जेनेरेट गर्छ । 

यसको मूल्य लन्चिङ समारोहमै सार्वजनिक हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *