आइएमई जनरल इन्स्योरेन्सको थप १ शाखा महेन्द्रनगरमा

माघ २३, काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड कम्पनीको थप एक शाखा कञ्जनपुरको महेन्द्रनगरमा आज औपचारिक रुपमा उद्घाटन भएको छ । 

 

उक्त शाखाको उद्घाटन कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्घबहादुर मल्लले संयुक्त रुपमा गरे । उक्त अवसरमा सञ्चालक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । समारोहमा महाकाली यातायात समितिका अध्यक्ष डम्बर राज पन्त, कन्चनपुर हार्डवयर एशोसिएसनका अध्यक्ष दानसिंह ठकुराठी ,पवन दुग्ध व्यवसायी समितिका अध्यक्ष निराजन बहादुर मल्ल ,स्थानिय उद्योगी, व्यापारीहरु लयागत बिभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । 

null

शाखा उद्घाटनको अवसरमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल बिस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए । 

कम्पनीको आज उद्घाटन भएको शाखा सहित ४४ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्ने जानकारी दिए । उक्त कार्यक्रममा अध्यक्ष ढकालज्यूले कम्पनीले आफ्नो लक्ष्य निर्धारण गरेको र आउँदो दिनमा एक सफल र सवल कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्नेछ भनि जानकारी दिए । 

आगामी दिनमा अफ्ना ग्राहक महानुभावहरुलाई सहज बीमा सेवा प्रदान गरी सन्तुष्ठ ग्राहकहरुको साथमा कम्पनी अगाडी बढ्नेछ भनि जानकारी गराए । 

सोही कार्यक्रममा विभिन्न संघ, संस्था, बैंक तथा वित्तीय कम्पनी, सहकारी संस्थाका प्रमुखहरुले कम्पनीले स्थानिय स्तरमा सेवा प्रदान गर्नको लागि महेन्द्रनगरमा शाखा विस्तार गरी बीमा सेवा प्रदान गर्ने प्रण गरेकोमा कम्पनीका अध्यक्ष तथा संचालक समिति लगायत व्यवस्थापनलाई धन्यवाद दिदैँ कम्पनीको उत्तरोत्तर प्रगतिको कामनाका साथ कम्पनीसँग व्यवसाय बिस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *