प्रदेशमा एक्लिएपछि राजिनामा दिने मुडमा थापा
माघ २७, काठमाडौ । कार्यकारी अध्यक्ष हुँ भन्दै फुर्ति गरेर कसैलाई नटेरेर हिडेका नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा प्रदेशको उच्च तहको बैठकमा एक्लिएका छन ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली धनगढी भ्रमण गराउन गठन गर्न थालिएका व्यवस्थापकिय कमिटीका बारे उत्पन्न विवाद थाती राखेर नयाँढंगले अघि बढ्ने, माघ २० मा भ्रमण हुन नसेकेपनि फागुन पहिलो साता दुईवटै अध्यक्षको उपस्थितिमा प्रदेशको कार्यकर्ता भेला गर्ने योजना स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज भीमबहादुर रावल, स्थायी समिति सदस्य लेखराज भट्ट, सहइन्चार्ज लक्ष्मण जोशी, प्रदेश अध्यक्ष थापा, सचिव नेपबहादुर चौधरीवीच बनेको थियो । शनिवार राति भएको बैठकको सो योजना आइतवार सूर्य नउदाउदै भत्किएको छ ।
null
थापाले हिजो रातिको बैठक नै होइन म माइनटमा हस्ताक्षर गर्दिन भन्दै बाउठिएपछि पार्टी अध्यक्षहरुको प्रमुख आथित्यतामा हुने भनिएको सूदूरपश्चिम प्रदेश स्तरिय कार्यकर्ता भेला नहुने भएको हो । रावल, भट्ट, जोशी, चौधरीले राति नै माइनटमा हस्ताक्षर गरिसेका थिए । सबैले हस्ताक्षर गरिरहँदा नेता भट्टले राति नै थापालाई हस्ताक्षर गर्न भनेका थिए उनले त्यतिवेला पछि गर्छु भन्दै टारे । तर विहान त्यो बैठक नै होइन म हस्ताक्षर गर्दिन सबै मिलेर मलाई घेरावन्दीमा पार्ने भन्दै हिडेका छन ।
रावल, भट्ट र थापा प्रदेशको उच्च तहको बैठक गर्न नै शनिबार धनगढी पुगेक थिए । थापा अघिल्लो पटक जे भएपनि अव तपाईको निर्देशन मान्छु भन्दै रावल र भट्टको घरघर पुगेका थिए । त्यसरी प्रस्तुत भएकोले रावल र भट्ट बैठकका लागि धनगढी पुगेका हुन । थापाले व्यवस्थापन समिति हावादारी बनाउन खोज्दा प्रदेश बैठकमा विवाद भएर माघ २० गते ओली आउने कार्यक्रम रोकिएको थियो ।
आफ्नो गैरजिम्मेवारीले प्रधानमन्त्री रोकिए पनि रावल लगायतका नेताको असहयोगले ओली आएनन भन्ने हल्ला गर्दे पत्रपत्रिकामा समाचार लेख्न लगाएका थापाको अर्को गैरजिम्मेवारी थपिएको छ । प्रदेशका मुख्य जिम्मेवारका नेताहरुसंग एक्लिएपछि थापाले पदबाट राजीनामा दिने सोच बनाएको उनी निकट स्रोतको भनाइ छ । नैतिक दवाव सृजना भयो विवाद गरिरहनु भन्दा राजिनामा दिनु उचित हुन्छ होला उनले निकटस्थहरुसँग भन्न थालेका छन ।
कर्ण थापालाई कार्यकर्ताद्वारा सांकेतिकरूपमा बहिष्कार
आफूभन्दा वरिष्ठ नेताका विरुद्ध बोल्दै हिड्ने पत्रपत्रिकामा नानाथरीका विषय लेखाउदै आएका सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापालाई कार्यकर्ताले सांकेतिकरुपमा बहिस्कार गरेका छन । स्थायी समिति सदस्य तथा सुदरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावल, स्थायी समिति सदस्य लेखराज भट्टसंगै शनिबार काठमाडौबाट धनगढी विमास्थल आएका थापालाई कार्यकर्ताहरुले माला र खादा नलगाएर सांकेतिक बहिस्कार गरेका हुन । रावल र भट्टको घाँटी भरी खादा र माला हुँदा घाटी रित्तै भएका थापाको हालत देखेर प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले खादा लगाइदिएका थिए ।
मुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराबाहेकका छ जना मन्त्री, धेरै प्रदेशसभा सदस्य र दुई सयको हाराहारीमा रहेका कार्यकर्ताहरु विमानस्थल पुगेका थिए । थापाले म कार्यकारी हुँ मैले कसैको निर्देशन मान्नु पर्देन, इन्चार्ज, सहइन्चार्जले समन्वय मात्रै गर्ने हो भन्ने अभिव्यक्ती दिदै आएका थिए ।
रावल र भट्टसंगै आएपनि कार्यकर्ताको राम्रो व्यवहार नपाएका थापा निराश देखिन्थे । रावल र भट्ट गाडीमा धनगढी स्थित प्रदेश कार्यालय हिडेपनि थापालाई भन्ने कसैले गाडीको व्यवस्था गरेको देखिएन । पछि व्यापारी राजु वमले आफ्नो गाडीमा उनलाई धनगढी लगि दिएका थिए ।
गाडी नभएपछि अलपत्र देखिएका थापालाई केही कार्यकर्ताले ट्याक्सी छ त्यसैमा जानुस भन्दै जिस्काउन समेत भ्याएका थिए । हालै प्रदेश बैठकमा नसुनिएका नाम सहित प्रधानमन्त्री केपी ओली आउने भनिएको कार्यक्रमको तयारी समिति बनाउन खोज्दा विवाद भएको थियो । विवाद लम्विदै जाँदा ओली आएनन् । ओली २० गते धनगढी आउने कार्यक्रम थियो । तर ओलीलाई रावलले ल्याउन दिएनन भन्दै उनले काठमाडौको एक साप्ताहिकमा समाचार लेख्न लगाएका थिए ।
जवकी विवाद भएको बैठकबारे रावल र भट्टलाई जानकारी नै थिएन । थापाले गल्ती भयो सल्लाह लिनु पर्ने थियो भनेपछि रावल र भट्ट धनगढी आएर प्रधानमन्त्रीको भ्रमण गराउन जुटेका हुन । सम्भव त फागुनको पहिलो साता ओली धनगढी आउँने कार्यक्रम तय हुने देखिएको छ ।