कृषि विकास बैँकको तालिम केन्द्रको पिउने पानीमा कोलिफर्म भेटियो

 

फागुन ५, चितवन । चितवनको राप्ती नगरपालिकामा रहेको कृषि विकास बैँक लिमिटेड मध्यमाञ्चल क्षेत्रीय तालिम केन्द्रको पिउने पानीमा कोलिफर्म भेटिएको छ । 

सरसफाइकै तालिम चलिरहेको समयमा राप्ती नगरपालिका बीरेन्द्रनगरस्थित मध्यमाञ्चल क्षेत्रीय तालिम केन्द्रमा डिप बोरिङबाट निकालिएको पानीमा कोलिफर्म (दिशामा पाईने जिवाणु) भेटिएको हो । 

null

तालिम केन्द्रमा फागुन १ गतेदेखि वातावरण संरक्षण शिविर (एक्का) नामक गैरसरकारी संस्थाले खानेपानी शुद्धिकरण र स्वास्थ्य सम्बन्धी तालिम सञ्चालन गरिरहेको छ । तालिमको पहिलो दिनमै यहाँ रहेको पानीको अवस्था थाहा पाउन जाँच गर्दा कोलिफर्म रहेको पुष्टी भएको एक्काका कार्यक्रम अधिकृत शम्भु महर्जनले जानकारी दिए । पहिलो दिनमै पानी जाँच गरिएपनि त्यसको तीन दिनपछि कोलिफर्म रहेको पुष्टी भएको उनले बताए । 

तालिममा सहभागी हुन आएकाहरु क्यान्टिनको अवस्था र पानीमा शंका लागेर अन्यत्र बसेको राष्ट्रिय आधारभूत विद्यालय कालिटारका प्रधानाध्यापक दिपककुमार श्रेष्ठले बताए । 

तालिम केन्द्रमा पानीलाई फिल्टरीङ गर्ने क्युरिफाईड मेशिन भएपनि ती मेशिन बिग्रेको महिनौ हुदाँ समेत मर्मत हुन सकेका छैनन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *