घरेलु मैदानमा अग्रता लिएपनि लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल सोमबार वेस्ट ह्याम युनाइटेडसँग बराबरीमा रोकिएको छ । वेस्ट ह्यामको घरेलु मैदानमा अग्रता लिएपनि लिभरपुल १-१ को बराबरीमा रोकियो । 

खेलको २२ औं मिनेटमा विवादास्पद गोलबाट लिभरपुलले अग्रता लिएको थियो । साडियो मानेले गोल गर्दै लिभरपुललाई अगाडी बढाएका थिए । उक्त गोल हुने पासका क्रममा जेम्स मिल्नर अफसाइड भएको भिडियो रिप्लेमा देखिएको थियो । 

वेस्ट ह्यामले २८ औं मिनेटमा नै बराबरी गोल फर्कायो । फिलिपे एण्डरसनको चलाखीपूर्ण फ्रिकिकमा माइकल एन्टोनियोले गोल गर्दौ खेल बराबरीमा ल्याए । त्यसपछि मोहमद सलाह र साडियो मानेले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकियो । 

null

यस बराबरीसँगै लिभरपुलको २५ खेलमा ६२ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीले २५ खेलमा ५९ अंक जोड्दा तेस्रो स्थानको टोटेनहम हट्सपरले २५ खेलमा ५७ अंक जोडेको छ । २५ खेलमा नै क्रमश: चेल्सीको ५०, म्यानचेस्टर युनाइटेडको ४८ र आर्सनलको ४७ अंक रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *