एकदिवसीय र टी-ट्वान्टी क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलि आज स्वदेश फर्कदै

काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र टी-ट्वान्टी क्रिकेट सिरिज जितेर नेपाली राष्ट्रिय क्रिकेट टोलि आज स्वदेश फर्कदै  छ। नेपाली टोली फ्लाई दुबई विमानबाट अपरान्ह ३:२० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । 

घरेलु टोली युएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र टी-ट्वान्टी सिरिज समान २-१ ले जितेको थियो । दुवै सिरिजको सुरुवाती खेल गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई सिरिज आफ्नो बनाएको थियो । 

नेपाली टोलीका लागि दुवै सिरिज ऐतिहासिक सिरिज समेत रहेको थियो । नेपालले पहिलो पटक एकदिवसीय र टी-ट्वान्टी सिरिज जितेको थियो । 

null

आईसीसीबाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि नेपालले युएईविरुद्ध दोस्रो एकदिवसीय सिरिज खेलेको हो । यस्तै नेपालले दुई खेलको टी-ट्वान्टी सिरिजपछि पहिलो पटक टी-त्व्नती२० सिरिजमा कब्जा जमाउन सफल भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *