विरोध गर्ने प्रवृत्तिबाट काङ्ग्रेस मुक्त हुनुपर्छः प्रवक्ता श्रेष्ठ

 

 फागुन ६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस सरकारले जे गर्दा पनि विरोध गर्ने निरपेक्ष विरोधवादको शिकार भएको बताएका छन् । 

सोमबार नेकपा सचिवालयको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताले दुई तिहाई भन्दाबढी जनादेश दिएको सरकारले गरेका काम कारवाहीको आलोचनात्मक दृष्टिकोण राख्ने भन्दा पनि विरोध गर्ने प्रवृत्ति देखिएको दाबी गरे । ‘जसरी पनि विरोध गर्ने, जेमा पनि विरोध गर्ने प्रवृत्तिबाट काङ्ग्रेसमुक्त हुनुपर्छ’, प्रवक्ता श्रेष्ठले भने । 

null

विधेयक तथा समान्य प्रस्ताव पारित गर्दासमेत विरोध गर्ने, पारित गर्न पाइदैन भनेर अवरोध गर्ने अलोकतान्त्रिक चरित्र काङ्ग्रेसले देखाएको प्रवक्ता श्रेष्ठको गुनासो थियो । 

काङ्ग्रेस लोकतान्त्रको मूल्यमान्यताविरुद्ध गएको भन्दै उनले भने, ‘जनादेशअनुसार सरकार चल्नुपर्छ, काँग्रेस वाचडग हुने र जनतामा जाने हो तर विधान र विधिसम्मत् लोकतान्त्रिक तरिकाले जानुपर्नेमा काङ्ग्रेस गएन ।’ 

सुशासन कायम गर्दै र समृद्ध नेपाल बनाउने साझा अभियान हामी सबैको भए पनि राष्ट्र निर्माणको यो अभियान पूरा गर्न उक्त दलले सहयोग गर्नुपर्नेमा जे गरे पनि विरोध गर्ने निरपेक्ष विरोधवादको सिद्धान्तबाट काङ्ग्रेसमुक्त हुनुपर्ने प्रवक्ता श्रेष्ठको टिप्पणी थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *