सानिमा बैंक र भीपी आईएनसीबीच रेमिट्यान्स सम्झौता

काठमाडौं– सानिमा बैंक लिमिटेड र भीपी आईएनसीबीच दक्षिण कोरिया-नेपाल रेमिट्यान्स सेवा सम्झौता भएको छ। सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र भीपी आईएनसीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जुन किमले हस्ताक्षर गरेका छन्।  

सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा एक्सप्रेस मार्फत दक्षिण कोरियाबाट पठाएको रकम नेपालभरी १० हजारभन्दा बढि आधिकारिक प्रतिनिधि मार्फत भुक्तानी लिन सकिनेछ। दक्षिण कोरियाबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंक लगायत कुनै पनि बैंकको खातामा जम्मा गर्न सकिनेछ।  

सानिमा बंैकको रेमिट्यान्स सेवा सानिमा एक्सप्रेसले यूएई, मलेसिया, कतार, बेलायत, दक्षिण कोरिया, अस्ट्रेलिया लगायत विश्वभरीबाट रेमिट्यान्स सेवाका साथै आन्तरिक रेमिट्यान्स सेवा पनि दिँदै आइरहेको छ। 

null

सानिमा बैंकको हाल ७६ शाखा, एक एक्टेन्सन काउन्टर र ७२ एटीएम रहेका छन्।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *