ब्याजदर घटाउन राष्ट्रबैंक सकारात्मक

फागुन १, बिराटनगर । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले ब्याजदर घटाउन राष्ट्रबैंक सकारात्मक रहेको बताएका छन् । मंगलबार बिराटनगरमा आयोजित समसामयिक आर्थिक तथा बैंकिङ गतिविधि विषय कार्यशालामा सिवाकोटीले राष्ट्र बैंक ब्याजदर घटाउनुपर्ने उद्योगीहरूको मागप्रति सकारात्मक रहेको बताएका हुन् । 

सिवाकोटीले खुल्ला बजार अर्थनीति अनुसार माग र आपूर्तिको आधारमा ब्याजदर निर्धारण हुने स्पष्ट पारे । उनले राष्ट्रबैंकले ब्याजदर तोक्ने पुरानो परम्परातर्फ फर्कन नसक्ने भए पनि ब्याजदर नियन्त्रणका औजारहरू परिचालन गरेर ब्याजदर घटाउने प्रयास भइरहेको बताए । 

राष्ट्र बैंकले निर्धारण गरेको स्प्रेडदर नमान्नेलाई राष्ट्रबैंकले कारवाही गर्ने पनि उनले बताए । राष्ट्रबैंकले सीसीडी रेसियो ८० प्रतिशतको सिमा नघाउने तीनवटा बैंकलाई कारबाही पनि गरिसकेको सिवाकोटीले जानकारी दिए । 

null

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले देशको आर्थिक अवस्था सकारात्मक नभएको बताए । कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की लगायतले उद्योगीले उठाउँदै आएको माग सम्बोधन गर्न राष्ट्र बैंकलाई आग्रह गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *