डिपिटी खोपबाट एक बालकको मृत्यु, दर्जन बढीको अवस्था गम्भीर

माघ २२, कैलाली । गलत तरिकाले डिपिटी खोप लगाउँदा कैलालीमा ६ महिलने बालकको ज्यान गएको छ भने एक दर्जन बढी घाइते भएका छन् । 

कैलालीको लम्की चुहा नगरपालिका अन्तर्गतको बलिया स्वास्थ्य चौकी भल्काका स्वास्थ्यकर्मीले लगाएको डिपिटी खोपका कारण लम्की चुहा वडा नम्बर १ भुरुवा कुन्टी खेतकी पूजा आलेमगरका ६ महिने छोरा बिनोदको मृत्यु भएको हो । 

पूजा आलेमगरका अनुसार माघ २० गते आइतबार दिउँसो करिब १ बजे बच्चालाई खोप लगाइएको थियो । खोप लगाई घर फर्के लगत्तै बच्चा लगातार रोएको बताउँदै पुजाले भनिन्– ‘अन्तिम पटक राती १० बजे रोएको थियो बिहान हेर्दा त ज्यान गइसकेको रहेछ।’ खोप लगाए लगत्तै बच्चाको शरीर भरी रातो रंगका बिबिरा निक्लेको पूजाले सुनाइन् । 

null

खोप लगाउन लैजादा बच्चा स्वस्थ्य अवस्थामा रहेको बताउँदै उनले भनिन् ‘खोप लगाइसकेपछि बच्चा रुन थालेको थियो । बिहान हुने बितिकै राम्रो अस्पताल लैजान्छु भनि सुते, बिहान हेर्दा त छोराको ज्यान गइसकेको रहेछ ।’ 

भुरुवा कुन्टी खेतमा माघ २० गते खोप लगाइसकेपछि शरीर भरी राता बिबिरा आएर बेहोस बनेका एक दर्जन बालकको टीकापुर अस्पतालमा उपचार भइरहहेको स्थानीयले बताएका छन् । कतिपय बच्चाहरुलाई अक्सिजन दिएर सघन उपचारको व्यवस्था गरिएको टीकापुर अस्पतालले जानकारी दिएको छ । सोही गांउँकी अस्मिता खत्रीकी ६ महिने छोरी सुप्रियाको खोपका कारण स्वास्थ्य गम्भीर भएपछी लम्कीस्थित लालरत्न अस्पतालमा उपचार गरिएको थियो । समयमै अस्पताल पुर्याएका कारण छोरीको ज्यान जोगिएको उनले बताईन् । 

स्वास्थ्यकर्मीहरुको लापरवाहीका कारण स्वस्थ्य बच्चाले ज्यान गुमाउनु परेको र दर्जन बढी बच्चाहरुको स्वास्थ्य जोखिममा रहेको स्थानियको आरोप छ । उनीहरुले गलत तरिकाले खोप लगाई बच्चाहरुको ज्यान जाने घटनामा संलग्न स्वास्थ्यकर्मीहरुलाई कारवाही गर्न समेत माग गरेका छन् । 

खोपका कारण बच्चाको मृत्यु भएको र दर्जन बढी बच्चाहरुको स्वास्थ्य गम्भीर भई बिभिन्न अस्पतालमा उपचार भईरहेको खबर फैलिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको टोलीले आज घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । घटनाका बारेमा जानकारी लिन गएको जनस्वास्थ्यको टोली र स्थानिय गाउँलेहरु बिच एकैछिन विवाद समेत भएको थियो । 

खोप लगाई सकेपछि स्वास्थ्यमा आउने प्रतिकुल असर लगायतका विषयमा गाउँलेहरुसँग बहस गर्न थालेपछि गाउँलेहरुले जनस्वास्थ्यको टोलीलाई गाउँबाट निस्केर जान भनेका थिए । 

बच्चाको मृत्युको कारण पत्ता लगाउन स्थानिय जनप्रतिनिधिहरुको सुझावमा सोमबार नै पोष्टमार्टम गरिएको मृतक बिनोदका ठूलाबुवा प्रेम आलेमगरले बताए । रिपोर्ट आउन एक महिना लाग्ने बताइएको उनले जानकारी दिए । 

गत पुस २६ गते बिहान दादुरा खोप लगाइएका कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका १५ महिने बालकको मृत्यु भएको थियो । 

बिहान १० बजे खोप लगाइएका १५ महिने बालक चरण चौधरी १५ मिनेटपछि बेहोस भएका थिए भने टीकापुर अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *