रुपन्देही डीपीएलको प्ले अफमा, हार व्यहोर्दै धनगढी घर फर्कियो

 

फागुन ६, धनगढी । धनगढी फाप्ला क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) मा बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्स प्ले अफमा पुगेको छ । 

सोमबार भएको खेलमा साविकको विजेता तथा सोमपाल कामीको कप्तानीमा रहेको धनगढी स्टार्सलाई ३९ रनले पाखा लगाउँदै रुपन्देहीले प्ले अफमा स्थान बनाएको हो । हुस्सुको कारण ढिला सुरु भएको खेल १५ ओभरमा झारिएको थियो । जितसँगै ५ खेलबाट ६ अंक जोडेको रुपन्देही लिगको दोस्रो स्थानमा उक्लिएको छ । 

null

रुपन्देहीले दिएको १०७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको धनगढी १४ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो । धनगढीका पवन सर्राफले १५ रन, कप्तान सोमपाल कामीले ११ रन र सन्दी रजालीले १० रन बनाए । 

रुपन्देहीका ललित सिंह भण्डारीले ३ तथा बिक्रम शोबले २ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले पुरै १५ ओभर खेल्दै ९ विकेट गुमाएर १०६ रन बनाएको थियो । रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक ३३ रन जोडे । यस्तै बिनोद भण्डारीले २४ रन जोड्दा बाबर हायातले १९ रन बनाए भने बिक्रम शोबले ११ रन बनाए । 

धनगढीका कप्तान सोमपाल कामी, पवन सर्राफ र बिपिन खत्रीले समान २–२ विकेट लिए । 

हारसँगै साविकको विजेता धनगढी भने जितविहीन बन्दै खेलबाट आउट भएको छ । धनगढीले ५ खेलमा मात्र १ अंक जोड्न सक्यो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *