ट्रेड युनियन काँग्रेस चितवनले ७३ औं स्थापना दिवस मनायो

चितवन, २२ फागुन । नेपाल ट्रेड युनियन काँग्रेस चितवनले आफ्नो ७३ औं स्थापना दिवस मंगलबार एक कार्यक्रम गरि मनाएको छ । तत्कालीन अवस्थामा वि स २००३ साल फाल्गुण २१ गते नेपाल मजदुर संघको नामबाट युनियनको स्थापना भएको थियो । स्थापना दिवसको अवसरमा ट्रेड युनियनले भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले वर्तमान सरकार मजदुर विरोधी रहेको आरोप लगाएका छन् । 

 

कार्यक्रममा बोल्दै कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले दुई तिहाईको दम्भले मात्तिएको वर्तमान सरकारलाई ट्रेड युनियनले मात्रै तह लगाउन सक्ने धारणा राख्नुभयो । विगतमा राणा, पञ्चायत तथा राजालाई समेत ट्रेड युनियनले तह लगाएको स्मरण गर्दै धेरै दम्भ देखाए परिणाम राम्रो नहुने चेतावनी दिनुभयो । मजदुरको हक हितका लागी पार्टीले कसैसँग सम्झौता नगर्ने स्पष्ट पर्दै श्रेष्ठले कुनै पनि शङ्का नगर्न आग्रह गर्नुभयो । 

null

कार्यक्रममा नेपाल ट्रेड युनियन काग्रेसका केन्द्रिय सदस्य लक्ष्मण भट्टराईले सबै ट्रेड युनियनकर्मीहरु लाई शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रमा नेपाली काग्रेस चितवनका सचिब राजिब न्यौपाने, कोषाध्यक्ष शंकर कंडेल, जिल्ला सदस्य तथा ट्रेड युनियन बिभाग प्रमुख गणेश पौडेल, जिल्ला सदस्य देवकी गौतम, नेपाल ट्रेड युनियन काग्रेस ३ नं प्रदेशका अध्यक्ष धनश्याम चापागाई, नेपाल ट्रेड युनियन काग्रेस चितवनका पुर्व पदाधिकारी एवं सदस्यहरु तथा मजदुरहरुको उपस्थिती रहेको थियो । 

कार्यक्रम नेपाल ट्रेड युनियन काग्रेस जिल्ला अध्यक्ष हरिहर सापकोटाको अध्यक्षमा सम्पन्न भएको थियो । राणाकालमा मजदुरका माग पुरा गराउन विराटनगर जुटमिलमा गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा भएको आम हडतालले तत्कालीन शासकलाई झुक्न बाध्य पारेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *