आगामी चुनाव जित्ने नरेन्द्र मोदीकाे नयाँ रणनीति !

  

चैत ३, नयाँ दिल्ली । कांग्रेस र भाजपाबीच जारी ‘चौकीदार युद्ध’ ले नयाँ मोड लिएको छ । कांग्रेसको जवाफ दिनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा आफ्नो नाम परिवर्तन गरेका छन् । उनले आफ्नो ट्वीटर ह्याण्डलको नाम परिवर्तन गरेर चौकीदार नरेन्द्र मोदी बनाएका छन् । 

प्राप्त जानकारी अनुसार ‘म पनि चौकीदार हुँ’ अभियान अन्तर्गत आफ्नो नाम परिवर्तन गरिएको छ । पीएम मोदीपछि भाजपा अध्यक्ष अमित शाहले पनि ट्वीटरमा आफ्नो नामको अगाडी चौकिदार लगाएका छन् । भाजपाका अन्य नेता–कार्यकर्ताहरु पनि यस अभियानमा जोडिएका छन् । 

null

 

भाजपाले हालसालै राहुल गान्धीकाे ‘चौकीदार चोर हो’ भन्ने नाराको जवाफमा उक्त अभियान सुरु गरेको हो । २०१४ मा लञ्च गरिएको ‘चियावाला’ अभियान जस्तै यस पटक पनि मोदी यस अभियानबाट जनताको मन जित्ने कोशिस गरिरहेका छन् । 

यस अभियानको व्यापक सर्वेक्षण र डाटा विश्लेषणपछि लञ्च गरिएको हो । रणनीतिकारीहरुका अनुसार कांग्रेस नेता राहुल गान्धीको ‘चौकीदार चोर हो’ भन्ने अभियानमा मानिसहरु प्रभावित भएका छैनन् । यसलाई लिएर मानिसहरु निकै असन्तुष्ट छन् । यस अभियानले पीएम मोदीलाई मजबुत बनाउने र उनको निर्णायक छवि बन्ने तथा आगामी चुनावमा यसले भाजपालाई फाइदा हुने विश्लेषण गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *