‘परीक्षाको गोपनियता राख्न नसक्ने शिक्षामन्त्रीले राजिनामा दिनुपर्छ’ डा. कोइराला
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
चैत्र १६, काठमाडौं । प्रदेश २ मा एसइई परीक्षामा भएको लापरवाही प्रति कांग्रेस नेता डा. शेखर कोइरालाले शिक्षामन्त्री गिरिराजमणी पोखरेलले राजिनामा दिनुपर्ने बताएका छन् । प्रदेश सरकारले परीक्षाको गोपनियता र मर्यादा राख्न नसकेको भन्दै त्यसको नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्रीले नै राजिनामा दिनुपर्ने डा. कोइरालाले बताएका हुन् ।
आज बिहान सामाजिक सञ्चालमा आफ्ना भनाई राख्दै डा. कोइरालाले राज्यको लापरबाही र गैरजिम्मेवारीका कारण प्रदेश नं.२ को एसइई परीक्षा बिचैमा स्थगित हुन पूगेको बताएका छन् ।
null
डा. कोइरालाले तीनदिन यता लगातार परीक्षाका प्रश्नपत्र लिक भएको प्रति संघिय सरकारको कमजोरी भएको जिकीर गरेका छन् । ‘यसले हजारौं बिध्यार्थीहरुको भविष्य अन्धकारतर्फ धकेलिएको छ । परीक्षाको आफ्नै मर्यादा र गोपनियता हुन्छ । यस सवालमा संघिय सरकार चुकेको देखिन्छ ।’ डा. कोइरालाको भनाई छ । उनले यो गम्भिर घट्नाको नैतिक जिम्मेवारी लिंदै शिक्षामन्त्रीले तत्कालै राजिनामा दिनुपर्ने बताएका छन् ।
लगातार प्रश्नपत्र आउट हुँदा परीक्षा नै स्थगित गरिएपछि आक्रोशित बनेका प्रदेश २ का परीक्षार्थीहरुले आज बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । बिज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि यी दुवै विषयको परीक्षा रद्द गरिएको थियो ।
शनिबार हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको समेत प्रश्नपत्र एक दिन अगावै बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ को एसईई परीक्षा स्थगित गरेपछि विद्यार्थी झन आन्दोलित भएका छन् ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)