मेरिल्याण्ड कलेजमा विद्यार्थी- उद्यमी कार्यशाला


चैत्र १५, बिराटनगर । बिराटनगर-६ स्थित मेरिल्याण्ड कलेजमा विद्यार्थीको लागि उद्यमशीलता कार्यशाला सम्पन्न भएको छ ।
युवा र उद्यमशीलता बिषयमा भएको उक्त कार्यशालामा ज्योति समुहमा निर्देशक सौरभ ज्योति , दि फ्याक्ट्री टिमका प्रमुख कार्यकारी निर्देशक अहमद डुल्ला साथै एमएम ग्रुपका प्रबन्ध निर्देशक सुयश प्याकुरेलले विद्यार्थी सँग छलफल गर्ने साथै उद्यमशीलताकोबारे कार्यशाला गरेको कलेजका बिजनेस डेभलप्मेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिए ।
null
कार्यकमका वक्ताहरुले विद्यार्थीलाई लगानी भन्दा पनि ब्यापारको योजना राम्रो बनाउन सके कुनै पनि व्यावसायिक क्षेत्रमा सफलता हात पर्न सक्ने बताए । युवाहरुले विदेश जानु जरुरी नभएको र नेपालमा अनेकौ क्षेत्रमा सम्भावना रहेको पनि उनीहरुले विचार ब्यक्त गरे ।
कलेजमा बेलायतको युनिभर्सिटी अफ वल्भरह्याम्टनको बिबिएम पढिरहेका बिद्यार्थीहरुलाई वास्तविक उद्यमी र नेपाली बजार क्षेत्रसंग नजिक लाने उदेश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको कलेजका प्रमुख कार्यकारी निर्देशक डा. ऋषिकेश वाग्लेले बताए । साथै उनले चाडै विद्यार्थीहरुको लागि विभिन्न उद्यमशीलता समन्धीका कार्यक्रम गरिने पनि जानकरी दिए ।
कार्यक्रममा विद्यार्थीहरुले वक्ताहरुलाई उद्यमशीलता र व्यवसायिकता हासिल गर्न चाहिने गुणहरुको बारेमा प्रश्न गरेका थिए । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तराष्ट्रिय स्तरमा नै पढाइ हुँदै आइ रहेकाे छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा मेरिल्याण्ड कलेज बिराटनगर, इटहरी इन्टरनेसनल कलेज , इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।
