सिके राउतको बैठकमा राष्ट्रिय गान ! बाहिर–भित्र कडा सुरक्षा

 

चैत ३, काठमाडौँ । सिके राउतको नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद्को बैठक सुरु भएको छ । सरकारसँग ११ बुँदे सहमति गरेपछि भावी रणनीति बनाउनका लागि सिके राउत छलफलमा छन् । 

सिरहाको लहानमा ‘सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली’ बोलको राष्ट्रिय गान गाएर सुरु गरिएको बैठकको बाहिर प्रहरी र भित्र राउतका कार्यकर्ताले सुरक्षा प्रदान गरिरहेका छन् । तराई मधेसका २२ जिल्लाका परिषद सदस्य बैठकमा सहभागी भएका छन्। 

null

सोमबार सम्पन्न हुने बैठकमा सहभागी हुने परिषद् सदस्यका लागि नेपाली नागरिताको प्रमाणपत्र अनिवार्य गरिएको छ । बठैकमा सहभागीहरुलाइृ कडा सुरक्षा चेकजाँच र नागरिकता हेरेपछि मात्र भित्र पस्न दिइएको छ। 

परिषद्को बैठक सकिएपछि सप्तरीबाट गठबन्धनको –याली निस्किने छ र लहानमा राउतलाई नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गठबन्धनले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *