मनमोहनमा स्वर्गीय भरतमोहनको योगदानबारे सम्झना

 

फागुन २१, विराटनगर । मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका दिवंगत कम्युनिष्ट नेता भरतमोहन अधिकारीलाई मोरङको बुढीगंगा गाउँपालिका स्थित मनमोहन स्मृति पोलिटेक्नि इन्स्टीच्यूटमा अध्यनरत शिक्षक तथा विद्यार्थीहरुले पनि सम्झना गरेका छन् । 

बुढीगंगा गाउँपालिका स्थित मनमोहन स्मृति पोलिटेक्नि इन्स्टीच्यूटमा स्वर्गीय अधिकारीको सम्मानमा श्रद्धाञ्जली अर्पण गरिएको हो । श्रद्धाञ्जली कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालको पहिलो कम्युनिस्टसरकारको अर्थमन्त्री हुँदा अधिकारीले ल्याएको जनमुखी कार्यक्रमको चर्चा गरे । 

null

उनले देशका लागि दिवंगत नेता अधिकारीले ल्याएका कार्यक्रम महत्वपूर्ण र दूरगामी रहेको बताए । मन्त्री पण्डितले अधिकारीले ल्याएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, आफ्नो गाउँ आफैं बनाउ जस्ता ९ ‘स’ कार्यक्रम अहिले पनि उत्तिकै लोकप्रिय रहेको बताए । उनले सिमान्तकृत तथा आदीवासी जनजातीको बसोबास रहेको क्षेत्रमा प्राविधिक शिक्षालय मार्फत बेरोजगारी समस्या न्यूनिकरण गर्ने अधिकारीको सोच र पहलकदमीका कारण मनमोहन स्मृति पोलिटेक्नीक इन्स्टीच्यूटको स्थापना भएको बताए । 

श्रद्धाञ्जली कार्यक्रममा मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटका प्राचार्य डा. शुभाषश्री पोखरेलले सो कलेजले आफ्नो अभिभावक गुमाएको बताए । मनमोहन स्मृति प्रतिष्ठानका सदस्य तथा पोलिटेक्नीक इन्स्टीच्यूटका सुचना प्रमुख सत्यनारायण चौधरीले अधिकारीकै अगुवाइ र पहल कदमीका कारण कलेज स्थापना हुन सकेको बताए । 

उनले अधिकारीले सो कलेजका विषयमा विषेश चासो राख्दै आएको र प्राविधिक विश्वविद्यालय रुपमा विकास गर्न पहल गरेको समेत बताए । श्रद्धाञ्जली सभामा सो कलेजमा अध्ययनरत विद्यार्थी शिक्षक, अभिभावक तथा स्थानीय राजनितिक, समाजसेवी व्यक्तित्वहरुले स्वर्गीय अधिकारीको फाटोमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *