आज शुक्रबार अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ८६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११३ रुपैयाँ ४६ पैसा रहेको छ जुन हिजोको तुलनामा केहि घटेको हो । एक युरोको खरिददर १२८ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ५४ पैसा रहेको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १५० रुपैयाँ ३१ पैसा र बिक्रिदर १५१ रुपैयाँ ५१ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १९ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २४ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ र बिक्रिदर ३१ रुपैयाँ १६ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७१ रुपैयाँ ९८ पैसा र बिक्रिदर ३७३ रुपैयाँ ९६ पैसा रहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *