पिसाब पोल्नबाट रोक्ने केही घरेलु उपायहरु
फागुन २७ । कतिपय मानिसलाई पिसाब पोल्ने समस्या हुन्छ तर उनीहरु यो कुरालाई सामान्य लिई वास्ता गर्दैनन् । कहिले काही यो समस्या छोटो समयको लागि हुन्छ भने कहिले कोही कोही याे समस्या निकै लामाे समय सम्म हुन्छ । यसरी लामो समय सम्म पिसाब पोल्छ भने यो समस्यालाई गम्भिर लिनुपर्ने हुन्छ । बिभिन्न कारणले पिसाब पोल्छ जस्तै मुत्रनलीको संक्रामण, मृगौलामा पत्थरी, शरीरमा पानीको कमीह हुँदा यसरी बिभिन्न कारणले पिसाब पोल्ने हुँदा पनी धेरै मानिसहरु यी कुराबाट अनजान छन् । पिसाब पोल्नु भनेको एउटा गम्भिर रोग हो यसको बेलैमा उपचार गर्नुपर्दछ । पिसाब पोल्नबाट रोक्ने केही घरेलु उपायहरु तल दिएको छ जसको प्रयोगबाट यी समस्याबाट मुक्त पाउँनु हुनेछ ।
– अमलाको रस पिउँदा पनि पिसाब पोल्ने समस्या कम हुन्छ ।
null
– प्रसस्त मात्रामा पानी पिउनुहोस् पानी कम भयो भने पिसाब पहेँलो रंगको बन्न थाल्छ । दिनमा कम्तीमा २–३ लिटर पानी पिउनु आवश्यक छ ।
– अमिलो फलहरु, जस्तै कागती, मौसम, सुन्तला जस्ता फलफूल खानुहोस् । यी फलमा साइट्रस एडिस हुन्छ जसले मूत्र संक्रमण गराउने जिवाणु नष्ट गर्छ ।
– यौनांगको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यौनांगको संक्रमणलाई रोक्नको लागि महिनावारी हुँदा महिलाले विशेष ध्यान दिनुपर्छ ।
– नरिवलको पानी पिउँदा पनि सरीरमा पानीको कमी हुने तथा पिसाब पोल्ने समस्या कम हुन्छ ।
– मृगौलाको पत्थरी हुँदा पनि पिसाबमा जलन हुने भएकाले पत्थरी कम गर्न प्रसस्त पानीका साथै नरिवलको पानी पिउनु समेत लाभदायी हुन्छ ।
– योनी सुख्खा हुने समस्या भएका महिलाहरुलाई सम्भोगका बेला हुने अधिक घश्रणका कारणले पनि पिसाब पोल्ने समस्या पैदा हुनसक्छ । त्यसैले यस्तो समस्या भएकाहरुले सम्भोगका बेला लुब्रिकेन्टको प्रयोग गर्नु लाभदायक हुन्छ ।