सरकार–सिके सहमति कार्यान्वयन गर्न हतार छैनः अध्यक्ष दाहाल
फागुन २८, काठमाडौँ । मन्त्रिपरिषद् पुर्नगठनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आज बिहान बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको बताएका हुन् ।
null
‘आज बिहान मात्रै हामीबीच मन्त्रिपरिषद् पुनर्गठनको विषय छलफल भयो । उहाँले अहिले नै हतारो छैन, दुवै अध्यक्षको सल्लाह अनुसार नै गरौँला भन्नुभएको छ’, उनले भने ।
तपाईँले कस्तो सल्लाह दिनुभयो भन्ने पत्रकारहरुको प्रश्नमा प्रचण्डले भने, ‘मैँले यो तपाईंको मूल्यांकनमा भर पर्ने कुरा हो भनेको छु । उहाँले मन्त्रीहरुको कामकाजलाई कसरी मुल्याङकन गर्नुभएको छ, त्यसमा भर पर्छ ।’
यस्तै सिके राउतसँगको सम्झौतामा समर्थन जनाउँदै उनले सरकार र पार्टीको अहिलेको ध्यान पृथकतावादी आन्दोलनमा लागेका मानिसहरुलाई राष्ट्रिय एकताको मुल धारमा ल्याउने भएको स्पष्ट पारे ।
सिके राउत समूहलाई आफ्नो कार्यकर्तालाई सम्झाउन केही समय लागेको हुनसक्ने धारणा राख्दै प्रचण्डले सहमति कार्यान्वयनबारे हतार गर्न जरुरी नभएको बताए ।