मन्त्री पण्डितद्धारा वृद्धाश्रममा लत्ताकपडा तथा फलफुल वितरण

 

फागुन २२, विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विराटनगर पुष्लाल चोकस्थित जागृति वृद्धाश्रमका बृद्धबृद्धालाई कपडा तथा फलफुल वितरण गरेका छन् । 

विहानी किरणद्धारा आयोजित एक कार्यक्रममा उनले आश्रममा रहेका १२ जना बृद्धबृद्धालाई कपडा तथा फलफुल वितरण गरेका हुन् । 

null

सो अवसरमा बोल्दै मन्त्री पण्डितले आफ्नो पार्टीले निर्वाचनका समयमा गरेको बाचा अनुरुप जेष्ठ नागरिकलाई मासिक ५ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पु¥याएर छाड्ने बताए । उनले मासिक ५ हजार रुपैयाँले जेष्ठ नागरिकको जिवनयापन गर्न ठुलो सहारा हुने भन्दै कार्यान्वयनमा सरकार लाग्ने बताए । 

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रदेश नं. १ का सदस्य सत्यनारायण चौधरीले आफ्नो पार्टीको नेतत्वको सरकारले नै सामाजिक सुरक्षा भत्ता मार्फत् जेष्ठ नागरिकको सम्मान गर्न थालेको स्मरण गराउँदै जेष्ठ नागरिकका पक्षमा सदैव रहने प्रतिवद्धता जनाए । नेता चौधरीले सरकारले जेष्ठ नागरिकको स्वास्थ्य र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको ग्यारेन्टी गरेको बताए । 

कार्यक्रममा विहानी किरणका अध्यक्ष बिरेन्द्र मेहता र समाजसेवी किशोर भट्टराइले जेष्ठ नागरिकका विभिन्न समस्या हुने भएकाले सरकारले जेष्ठ नागरिकहरुलाई प्रथामिकतामा राख्नुपर्ने बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *