स्थगित भयो प्रदेश २ को एसईई परीक्षा


चैत १५, काठमाडौँ । लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश–२ को एसईई परीक्षा स्थगित गरिएको छ ।
प्रदेश–२ को विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले साँझ पत्रकार सम्मेलन गरी परीक्षा स्थगित गरिएको जानकारी दिएका हुन् ।
null
मन्त्री पोखरेलले अर्को सूचना प्राप्त नभएसम्म परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका हुन्।
चैत १० गतेबाट सुरु भएको परीक्षा अन्तर्गत चैत १४ गते सञ्चालन भएको अनिवार्य विज्ञान विषय र चैत १५ गतेको अनिवार्य सामाजिक शिक्षा विषयको परीक्षाको प्रश्नपत्र परीक्षा अघि नै सार्वजनिक भएको थियो।
प्रश्नपत्र लगातार बाहिरीएपछि सिआईबीको टोलीले छानविन सुरु गरेको छ ।
प्रश्नपत्र बाहिरिएपछि सो विषयको परीक्षा रद्द गरिएको थियो । परीक्षा रद्द भएको भन्दै त्यहाँका विद्यार्थी आन्दोलित छन् । विद्यार्थीको भविष्यसँग खेलबाड गरेको भन्दै विद्यार्थीहरुले आज सडकमा टायर बालेर प्रदर्शन समेत गरेका थिए ।
