प्रधानमन्त्री ओलीद्वारा न्यूजिल्याण्डमा भएको आक्रमणको कडा निन्दा

२०७५ चैत २ गते

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डमा शुक्रबार भएको आक्रमणको कडा निन्दा गर्दै दुःख व्यक्त गरेका छन्।
न्यूजिल्याण्डकी समकक्षी जेसिन्डा आर्डनलाई एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा मृतकका परिवारलाई समवेदना प्रकट गरे। साथै उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे।
सन्देशमा प्रधानमन्त्री ओलीले यस्तो जघन्य अपराधको कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने बताए। प्रधानमन्त्री ओलीले आतंकवादलाई परास्त गर्न पुरै विश्व एक भएर लाग्नु पर्ने पनि बताए।
null
शुक्रबार न्यूजिल्याण्डकाे क्राइस्ट चर्चमा भएकाे छुट्टा छुट्टै गाेलीकाण्डमा ४९ जनाकाे ज्यान गएकाे थियाे।

२०७५ चैत २ गते
प्रतिक्रिया
सम्बन्धित