अर्नाको आक्रमणबाट एक घाइते

फागुन १८, विराटनगर । सुनसरीको कोशी गाउँपालिका–३ स्थित प्रति टोलमा बिहीवार साँझ अर्नाको आक्रमणबाट एक जना घाइते भएका छन् । 

साँझ सवा ७ बजको समयमा स्थानीय ३५ वर्षिया बुधनिदेवी उराँवलाई घरमा बसिरहेको अवस्थामा जंगलबाट निस्किएको अर्नाले आक्रमण गरेको थियो । 

अर्नाको आक्रमणबाट घाइते उराँवको विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *