प्रधानमन्त्री ओली अस्पताल भर्ना

 

फागुन २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । 

नियमित चेकजाँचका लागि बुधबार प्रम ओलीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । 

null

पछिल्लो समय दौडधुप बढि हुँदा थकान महसुस हुने समस्या देखिएपछि चिकित्सकले अस्पतालमै बस्दा राम्रो हुने सल्लाह दिएका कारण प्रधानमन्त्रीलाई बुधबार अस्पताल भर्ना गरिएको प्रम ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 

कुनै समस्या नरहेपनि नियमित उपचारकै लागि प्रधानमन्त्री ओलीलाई २४ घण्टाका लागि अस्पतालमै राखिएको उपचारमा संलग्न डा. अरुण सायमीले बताए । 

अस्पतालले परीक्षणका लागि रगतको नमूना लिएको तथा एक्स–रे सहित अन्य परीक्षणको काम समेत भइरहेकाे बताइको छ । परिक्षणको रिपोर्ट बिहीबार बिहान आउने अस्पतालले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *