कसैलाई धोका दिन सिके राउतसँग सहमति गरिएको होइनः गृहमन्त्री

 

फागुन २६, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले स्वतन्त्र मधेश गठबन्धनसँग जनमत संग्रहमा जाने भन्ने सहमति नभएको बताएका छन् । 

आइतबार प्रतिनिधि सभामा सरकार र सिके राउतबीच भएको सम्झौताका विषयमा जानकारी गराउँदै गृहमन्त्री थापाले जनमत संग्रहका विषयमा सहमति नभएको जानकारी गराएका हुन् । 

null

गृहमन्त्री थापाले संविधानले पनि प्रदेशलाई अलग्गै देश बनाउन कुनै अधिकार नदिएको स्पष्ट पार्दै जनमत संग्रहका लागि सरकारले सहमति गरेको भन्ने भ्रम नछर्न आग्रह समेत गरे। 

सम्झौताले देशको शान्ति सुरक्षालाई बलियो बनाउने तर्क गर्दै उनले भने, ‘सरकारले आत्मसमर्पण गर्दै संविधानको उल्लंघन गर्यो भन्ने आरोप लागेको छ । सरकारले संविधानको उल्लंघन गरेको छैन । सरकारले आत्मसमर्पण गरेको छैन । सरकारले देशको भौगोलिक अखण्डता, स्वतन्त्रताले बलियो बनाएको छ । मधेसी समुदायलाई समान अधिकार दिएको छ।’ 

यस्तै उनले कसैलाई धोका दिनका लागि सहमति नगरिएको दाबी गर्दै सीके राउत नेतृत्वको गठबन्धन नेपालको संविधान र सार्वभौमिकता स्वीकार गरेर सहमतिमा आएको स्पष्ट पारे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *